Websoft University

अबैध सामान बरामद

झापा, भाद्र २२ गते । रातो तारा डट कम,
झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित प्लटिङ एरियाबाट प्रहरीले बिहीबार राती भन्सार छली गरेको समान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको २ रोल र ३ थान कपडा, बिभिन्न सवारी साधनको लुकिङ ग्लास १ पोका सहित अन्दाजी ६० हजार मूल्य बराबरको सामान फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा पठाईएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.