Websoft University

नेपाल खानेपानी संस्थान बिराटनगर शाखाको लक्ष्य प्राप्ति


बिराटनगर,भदौ, १६ गते । रातो तारा डट कम,नेपाल खानेपानी संस्थान बिराटनगर शाखाले गत वर्षको तुलनामा यो वर्ष प्रगति गरेकोछ । यस शाखाले बिराटनगर महानगरपालिका क्षेत्र भित्र आ. व. २०७४ को असार मसान्त सम्ममा ११ हजार ४ सय १५ धाराहरु बितरण गरेको थियो, भने आ. व. २०७५ को असार मसान्त सम्ममा ११ हजार ५ सय ४५ धाराहरु बितरण गरेकोछ ।

नेपाल खानेपानी संस्थान बिराटनगर शाखा कार्यलय प्रमुख शैलेन्द्र कुमार शाहले दिएको जानकारी अनुसार गत वर्ष को तुलनामा यो वर्ष लक्ष्य भन्दा बढी महसुल राजश्व संकलन गरेर आफनो लक्ष्य प्राप्त भएको बताउनु भएकोछ ।

यस कार्यलयले गत वर्ष महसुल ४ करोड ८३ लाख २२ हजार संकलन गरेको थियो, भने यो आ व २०७५को असार मसान्त सम्ममा ५ करोड ६ लाख ८१ हजार ५,२१ रुपैयाँ महसुल उठेको कुरा कार्यलय प्रमुखले बताउद,ै यो आ व मा कार्यलयको लक्ष्य भन्दा बढी महसुल संकलन गर्न कार्यलय सफल भएको बताउनु भएकोछ ।

खानेपानी संस्थानले नेपाल सरकारको लगानीमा छिटै खानेपानी सृढृडीकरण आयोजना स्थापना गर्न लागको कुरा गर्दै,महानगरपालिका क्षेत्रका महानगर वासीलाई सुद्घ पीउने पानी उपलब्ध गराउने उदेश्य राखेर जाइकाले अध्यान सुरु गरिसकेको हुदाँ, उसको अध्यान पछि प्रतिवेद बुइााउनेछ र पुराना संरचना फेर्ने र धेरै आइरन आउने क्षेत्रमा फिल्टरेशन समेत गरेर मात्र खानेपानी वितरण हुने कार्यलय प्रमुख शैलेन्द्र कुमार शाहले रातो तारा डट कम, लाई जानकारी गराउनु
भयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.