बिराटनगर , भाद्र १७ गते । रातो तारा डट कम,मोरङ जिल्लाको विराटनगर महानगरपलिका-१५ र १८ नम्बर वडाबाट भाद्र १६ गते शनिबार प्रहरीले १ लाख ६२ हजार ४ सय ७० रुपैया बराबरको अवैध सामान सहित ३ जनालाई पक्राउ गरेकोछ ।
सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र बुधनगरबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, खाद्यान्न तथा भारततर्फ निकासी हुँदै गरेको मरिच सहित भारत अररिया बैद्यनाथपुर-१ बस्ने बर्ष १८ को राहुल साह, वर्ष ४५ को मनोज साह र वर्ष ५० को मोहित लाल साहलाई पक्राउ गरीएको हो ।
बरामद समान सहित तीनै जनालाई आईतबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।
Post a Comment