Websoft University

नदीजन्य पदार्थ दोहन गर्ने ५ वटा ट्याक्टर नियन्त्रणमा

मोरङ, भाद्र २८ गते । रातो तारा डट कम,
मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-७ स्थित गछिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ दोहन गर्ने ५  वटा ट्याक्टरलाई प्रहरीले भाद्र १७ गते आईतबार साँझ नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको गस्ती टोलीले आईतबार साँझ ६:३० बजे सुन्दरहरैचा नगरपालिका-७ स्थित  गछिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिटी, बालुवा उठाउदै गरेको को २ त ६७००, को २ त ६३८२, को २ त ६८४९, को २ त ७५४९ र को २ त ६९१९ नम्बरको ट्याक्टरहरुलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई सोमबार कारवाहीका लागि जिल्ला समन्वय समिति, मोरङमा पठाईने उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.