Websoft University

२५७ प्रहरी जवान दिक्षीत


विराटनगर, असोज  ५ गते। रातो तारा डट कम,
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा संचालित प्रहरी जवान आधारभूत तालिम १३५ औं समूहको १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री केदार रिजालज्यूको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको छ ।

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा मिति २०७४ साल मंसिर २८ गतेबाट संचालित उक्त तालिममा ४३ महिला सहित २५७ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका हुन् । दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक रिजालले प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा करिव  १० महिना अवधिमा तालिम केन्द्रमा सिकेका  ज्ञान सीपहरु  प्रहरी जीवनको आधारभूत अमूल्य नीति भएकाले  सिकेका ज्ञानका कुराहरुलाई व्यवसायिक जीवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न अनुरोध गर्नु भयो।

समाजको चेतनाको गतिसंगै अपराध गर्ने शैली, अपराध कार्यविधि समेत बदलिदै गएको परिप्रेक्ष्यमा प्रादेशिक संरचना अनुरुप पुनसंरचना हुन लागेको नेपाल प्रहरीबाट त्यसको सामाना गर्न हरेक प्रहरी कर्मचारीहरुको व्यवसायिक सक्षमता बाहेक अन्य कुनै बिकल्प नभएको कुरा बताउनु भयो ।

निर्देशनकै क्रममा वहाँले कार्य क्षेत्रमा राम्रा-नराम्रा, तिता मिठा, शुभ-अशुभ धेरै कुराहरु र परिस्थितीको सामना गर्नु पर्ने भएकोले नराम्रो कर्मको परिणाम कहिल्यै राम्रो नहुने र राम्रो काम गर्नेलाई कहिल्यै नराम्रो नहुने तथा संगठनको नीति निर्देशनको अक्षरस पालना गर्न र जनतालाई केन्द्रबिन्दुमा राखी प्रचलित ऐन कानूनको परिधी भित्र रही कार्य गर्न साथै नेपाल प्रहरीको भ्रष्टचारमुक्त अभियानलाई पालना गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा तालिमका संयोजक प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो भने तालिम केन्द्रका समादेशक श्री प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु हुँदै दिक्षीत हुन लागेका प्रहरीहरुलाई  बधाई तथा शुभ-कामना व्यक्त गर्नु भएकोथियो।
प्रशिक्षणको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल परिचय तथा नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी युक्ति तथा कारवाही लगाएतका सैद्धान्तिक बिषयबस्तुहरुमा ज्ञान प्रदान गर्नुका साथै बिभिन्न डेमोश्ट्रेसन(डेमो), स्थलगत भ्रमण साथै बिभिन्न अतिरिक्त क्रियाकलापहरु गराई सामूहिक भावनाको माध्यमबाट ब्यबहारिक ज्ञान र सीपको अभिबृद्धी गराईएको थियो ।

साथै शारीरिक क्षमता बिकासको लागि शारीरिक व्यायाम तथा प्रहरी कार्यका लागि चाहिने चाँदमारी र कवाज प्रशिक्षण समेत प्रदान गरिएको थियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.