मोरङ, भाद्र १७ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोटन गराउने ३ जनालाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सिरहा लक्ष्मीपुरपतार गाउँपालिका ३ हरिनगर, नयाँ टोल बस्ने वर्ष २० को अभिमनु गिरी, जिल्ला सिरहा सुखिपुर नगरपालिका ५ बस्ने वर्ष २४ को राम रिझन यादव, जिल्ला मोरङ जहदा गाउँपालिका २, हरिनगरा बस्ने मनोज कुमार सिंह रहेका छन् ।
साउन २७ गतेका दिन दिउँसो २ बजे विराटनगर महानगरपालिकाको कार्यालयको प्रमुखको कार्यकक्ष बाहिर पट्टी रहेको प्यासेजमा बम विष्फोटन भएको थियो ।
पक्राउ परेका व्यक्तिहरु भूमिगत समुह जनतान्त्रिक
तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समुहमा आवद्ध रहेको र उनीहरुले बिभिन्न महत्वपुर्ण स्थान तथा कार्यालयहरुमा बम बिष्फोट गराई सर्बसाधारणलाई आतंकित बनाउने पार्टीको योजना अनुरुप महानगरपालिकाको कार्यालयमा बिष्फोट गराएको नुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत मोरङबाट बिस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।
Post a Comment