बिराटनगर असोज ८ गते । रातो तारा डट कम, बिराटनगर साबिक वडा नम्वर १५ हालको ११ मा रहेको बसपार्क सधै जसो वर्षाको सिजनमा पानीले डुबिरहने र कचराको थुप्रो लागि रहने समस्य भए पछि,हालको महानगरपालिकाले मिति २०७३ पौष तिर आधुनिक टर्मिनल भवन सहितको बसपार्क बनाउने निर्णय सहितको ठेकेदार कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा. लि. का प्रो. राम बहादुर थापा,र निर्मा व्यवसायि सुदर्शन थापा संग १८ हिनामा काम सक्ने गरि सम्जौता गरेको थियो ।
बिराटनगरपालिकाको मुटुमै रहेको यो बस पार्क १–१०–० (एक बिगहा दश कठ्ठा) जमिनमा फैलिएकोछ । यो योजना राम्रो संग सन्चालनमा आयो भने अवको करिव १५ वर्ष सम्मलाई सजिलै धान्न सक्ने कुरा महानगरका इन्जिनियर अर्जु थापा बताउनु हुन्छ ।
इन्जिनियर अर्जुन थापाले दिएको जानकारी अनुसार १८ महिनामा काम सक्ने गरि “माउन्ट डेब्लोमेन्ट फन्ट,,को ऋण सहयोगमा सुरु देखि बनाइसक्ने लागत रु ८ करोड
४७ लाख ७ सय ९०। सम्मको लागत आउनेछ, र यो भ्याट सहितको लागत भएको बताउदै,सम्जौता अनुसार यहि असोज मसान्त सम्ममा काम सक्नु पर्ने भएकाले अहिले ठेकेदार कम्पनीले काम सकिएको पत्र महानगरलाई पठाइसकेको जानकारी गराउनु भएकोछ ।
बस पार्क उपभोग गर्ने आम जनताले बसपार्क निर्माणको अन्तिम चरणमा आएर ठेकेदार कम्पनीले मनपरी गरेको निर्माण भएका ठाउमा खाल्टा खुल्टी धेरै भएको, बसपार्कमा सार्वजननिक सौचालयको निर्माणको व्यवस्था कम्पनीले नगरी काम लथालिङ्घै छाडेर काम सकिएको पत्र नगरपालिकामा बुइााए पछि स्थानियहरुले अहिले बिरोध गर्न थालेका छन ।
यो बिषयमा रातो तारा डट कम,का सम्पादक तेजेन्द्रबहादुर भण्डारीले बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली संग केहिदिन पहिलाको भेटमा बसपार्ककै बारेमा कुरा राख्दा वहाले काम सकिन लागेको चै हो तर खाल्टा खुल्टी धेरै भएकाले माथिबाट लेवल गरेर एक पटक खाल्टा खुल्टी मिल्ने गरि पीच गरिने जानकारी गराउनु भएको थियो, तर लेवलै नमिलाई कामै नसकि अहिले ठेकेदारले काम सकिएको पत्र महानगरलाई बुइााइसकेकोछ ।
बसपार्क टोल उपभोक्ता समितिका अध्यक्ष पदम श्रेष्ठलाई भेटेर बसपार्ककै बारेमा कुरा गर्दा,बिराटनगरमा टर्मिनल भवन सहितको राम्रो बसपार्क बनाइएकोछ तर यहाँ केहि कमि कमजोरी रहेकाछ, पीच गरिएका ठाउँहरुमा पानी जम्ने गरि खाल्टा खुल्टी त्यसैछन यत्रो बसापर्कमा आउने यात्रुहरुका लागि सार्वजानिक सौचालय नभए पछि, कहा सौच गर्न यात्रु जाने हुन, र भविश्यमा यात्रुले रात वा दिनकै समयमा जथाभावि सौच वा फोहर गर्दा दुर्गन्ध फैलिने अवस्था रहेको बताउनु भयो ।
बसपार्कमै गएर वहाले देखाउदै भन्नु भयो लु हेर्नु होस पानी आउदा पानी जाम्ने खाल्टा खुल्टी देखिने गरिनै छन र काम सकिएकै छैन आमीले हेर्दा तर काम सहिएको पत्र ठेकेदार कम्पनीले महानगरमा बुइााएको सुनेर आफु महानगर सम्म गएर बुइादा होरहेछ । सबैले आएर हेर्दा हुन्छ काम सकिएको हो कि होइन ? बसपार्क सबैको हो, अहिले असुरक्षित देखिए पनि महानगरले बसपार्क सीसी क्यामेराको निगरानीमा राख्दा राम्रो हुने, समचारले सकरात्मक रूपलिनेछ र राम्रो कामको हामी स्वागत गर्ने छोै भन्नुु भयो ।
Post a Comment