काठमाडौँ, असोज ५ गते । रातो तारा डट कम,असोज ४ गते सुनसरीको भारतिय सीमना छेउमा पर्ने भुटाहामा भारतिय नम्वरको मोटरसाईकलमा आएका दुइ जना अपराधि मध्येका मोटरसाईकलको पछाडि सक्ने अपराधिले दिउसै खुर्शिद अन्सारीको गोली हानि हत्या गरिएकोछ ।
हत्यारा सजिलै गोली हानि फरार हुन सफल भएको कुरा सीमनामा कांडेतार फिलिमका डाइरेक्टर नवल खड्काले प्रत्यक्ष रुपमै जानकारी गराउनु भएकोछ । अपराधि सजिलै फरार भएको भन्दै स्थानियहरुले आज पनि बिरोध जारी राखेकाछन ।
सीमनामा कांडेतार फिलिमका डाईरेक्टर नवल खड्कालाइ हाम्रा सुनसरी प्रतिनिधि शिव भट्टराईले घटनाको बारेमा कुरा गर्दा अव चै अति भो सीमना कांडेतार लगाउनै पर्छ अनि मात्र यस्ता अपराध रोकिने छन भन्नु भयो ।
हिजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री थापाले भन्नुभयो, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।” उहाँले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पार्नु
भयो ।
मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयवासीलाई संयमित हुनसमेत आग्रह गर्नुभयो ।
Post a Comment