Websoft University

परोपकार महिला समूहद्वारा बृद्ध आमाहरुलाई सम्मान गर्नुका साथै दर खुवाउने कार्यक्रम सम्पन्न


शिव भट्टराई-मोरंङ भदौ १६ गतेे । रातो तारा डट कम,
मोरंगको सुन्दरहरैचामा भर्खरै स्थापना भएको परोपकार महिला समूहले बृद्ध आमाहरुलाई आज सम्मान गर्नुका साथै दर खाने कार्यक्रम सम्पन्न गरेको थियो। यस कार्यक्रममा  सुन्दरहरैचाकी उपमेयर धना तामांगको प्रमुख अातिथ्यामा
कार्यक्रम भएको थियो।

यस कार्यक्रम सुन्दरहरैचाकी उपमेयर साथै  कार्यक्रमकी प्रमुख अतिथि धना तमांगद्वारा तीज गीत गाएर कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि धना तामांगले चेली र माइतीसंग जोडिएको तीजलाई अहिले भड्किलो र मनोरञ्जनका रुपमा लिन थाले पछि यसको महत्व, भावना, मौलिकतामा परिवर्तन  हुदैगएकोले, दाईभाईले दिदीबहिनीलाई घरबाट माइतमा लिएर दर खुवाउने, चेली र माइतिका बीचमा सुख, दुःख साटासाट गर्ने, गीतबाटै पीरब्यथाहरु पोख्ने तीजको मौलिकता हो भने चेलीको सम्मान तीजको महत्व हो तर तीजको मौलिकता आधुनिकतासंगै हराएको छ, भन्ने कुरा प्रष्ट पार्नु भएको थियो।

कार्यक्रममा पछिल्लो हरेक वर्षहरुमा तीज अझ भड्किलो र खर्चिलो हुँदै गएको छ । सामान्य मान्छेले तीज मनाउन नसक्ने अवस्था आएको छ । महंगो लगाउने, होटेल, पाटी प्यालेसमा खाने, नाच्ने रमाउने, तीजका लागि महंगा होटेल नै बुक गर्ने प्रचलन बढेको छ, साथै यस परोपकार संस्थाले यस्ता बिकृतिलाई हटाउदै नाम अनुसारको काम गर्दै जाओस् भन्दै संस्थाकी अध्यक्ष बबिता खापुंग,यस संस्थाकी कार्यपालिका सदस्य तारा घिमिरे लगायतले आफ़्नु धारणा व्यक्त गरेका थिए।

कार्यक्रम सोहि समुहकी सचिव नीरू बजगाईले संचालन गर्नु भएको थियो। यस कार्यक्रम सुन्दरहरैचा नगरपालिका बिराटचौकको काली मन्दिरमा सम्पन्न भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.