बिराटनगर,भदौ २१ गते । रातो तारा डट कम,जिल्ला समन्वय समिति मोरङले दोस्रो साधारण सभा २० गते सम्पन्न गरेकोछ। जिल्ला समन्वय समितिबाट आ.व. ०७४/०७५ को आ.व. समेत चालु पुजिं गत तर्फ भएको कुल आम्दानी रु६१,९८६०९६३.४८ मध्ये चालु र पुजिँगत खर्चमा कुल ब्यय तर्फ १५,९८,३२,४६३.५३ खर्च भई जि.स.स. कोष खातामा बाँकी रहेको रु ४६००२८४९९.९५ लाई सभाले अनमोदन गरेको छ ।
जिल्ला समन्वय समितिको आफनो दोस्रो सभाले बिभिन्न निर्णयहरु गरेको छ । जिल्ला समन्यय समितिबाट आ. व.०७५/०७६ का लागि बजेट तथा कार्यक्रम जिससको आन्तरिक आय तर्फको गतको मौजात रु ९,४५,१६,१५१.९५ राजश्व बाहेक बाट रु ४०२९१५००, सवारी साधन खरिदमा थप २० लाख प्रस्ताव गरी ७५ लाखमा गाडि खरिद गर्ने निर्णय गदैँ, आ. व. को प्रस्तावित आम्दानी रु ३५,०००००।
नेपाल सरकारबाट प्राप्त रु १,४२,५९०००। समेत गरी जम्मा रु ६० ६६७५००। को आय व्याय बजेट हिजो बसेको जिल्ला समन्वय समिति मोरङको सभाले पारित गरेको कुरा जिल्ला सम्मन्य समितिका अध्यक्ष नरेश पोखरेलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराउनुभएको हो।
जिल्ला समन्वय समिति मोरङको सभाले तोकिएको पदाधिकारीहरुले पाउने सेवा सुविधा र आ. व. मा हुने खर्च भुक्तानी, बाँकी मर्मत प्रशासनिक खर्चहरु, सबै भुक्तानी दिने निर्णय भएकोछ ।
बिराटनगर महानगरपालिका मार्फत जिससको जेनेटर एक थान श्री कृष्ण गौंशालालाई दिने, हाल कर्मचारी १३ जना मात्र भएकाले थप कर्मचारी दरवन्दी माग गर्ने,र आर्थिक प्रशासन कार्यविधि ०७५ पारित गर्दै,काम गर्न अधिकार दिने जस्ता निर्णयहरु गरेको जानकारी गराइएकोछ ।
त्यसैगरी जिल्लाबाट प्रभा हुने सेवा सुविधाहरु केन्द्रिकरण नर्ग प्रदेश मार्फत संघीय सरकारलाई अनुरोध गर्नै,जिल्ला समन्वय समिति संग रहेको स्रोत स्थानिय तह हरुलाइ एक करोडका दरले बराबरी हुने गरि बितरण गरिने र मालपोतबाट उठ्ने रकम सम्वन्धित गाउँपालिकाहरुलाईनै पठाउने र रकम समानिकरणमा बृद्घि गर्न माग गर्ने निर्यायहरु भएको जनाइएकोछ ।
स्थानिय तहक कर्मचारी सरुवा गर्नु पर्दा जिसस संग केन्द्रले समन्वय गर्नु पर्ने,पू यु व्यावस्थापन,स्थानिय तहका प्रमुख र उपप्रमुखहरुलाई तालिम,दिनु पर्ने जस्ता कुराहरु सभाले पास गरेको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइृएको थियो ।
Post a Comment