युवराज ठकुरी /केराबारी,मोरङ भदौ २२ गते ।
रातो तारा डट कम,जति गाई भैसी पाले पनि दूध बिक्री नहुने केराबारी गाउँपालिका-१,पाटी गाउँका कृषक गाउँमै दूध बिक्न थालेपछि व्यवसायिक रुपमा गाईपालन गर्न आकर्षित हुन थालेका छन।
स्थानीय कृषक लिला मगरले दूध डेरी सन्चालनमा ल्याए सँगै गाउँका ३०जना कृषकले व्यवसायिक रुपमा गाई पाल्न थालेको सरस्वती माविका शिक्षक शुक्र आङ्देम्बे लिम्बूले बताए।
एक वर्ष पहिले देखि दुई माउ गाईबाट गाई पालन थालेका श्याम चबेगु दूध बिक्रीबाट संतोषजनकरूपमा घरायसी गर्जो टरेको बताउँछन् ।
घर छेउमा दूध बिक्न थाले पछि यहाँका ३० घर
कृषकले ब्यबसायिक गाई पालन गर्न थालेका
छन।
बिहान ८बजे देखि १० बजे सम्म लिला डेरिमा दूध पुर्याउनेहरुको लर्को लागेको लाग्न थालेको छ भने २ लिटर देखि २५ लिटर सम्म दूध एक कृषकले ल्याउने गरेको लिला डेरीका संचालक लिला मगरले बताए।
वडा कार्यालयबाट कृषकहरुलाई प्रोत्साहन गर्न दुध चिस्यान केन्द्र तथा गोठ सुधारको लागि बजेट बिनियोजन भएको वडा कार्यलयका प्रतिनिधिले बताए।उन्नत जातको जर्सी तथा होलस्टेन गाई पालनबाट कृषकहरुको दैनिकी फेरिएको छ।गत असारमा साना किसान कृषि सहकारीको सत्तरी हजार लगानी र लिला दूध डेरीको व्यवस्थापनमा २५जना कृषकहरुलाई लालीपप बनाउने तालिम दिए सँगै कृषकहरुमा थप आकर्षण बढेको स्थानीयहरु बताउछन् ।
सानाकिसान कृषि सहकारीले सुलभ व्याजदरमा रिन दिन थालेपछि कृषकहरुले गाईपालन व्यवसायमा लगानी गर्न थालेका हुन् ।
हाल लिला दूध डेरीमा २५०देखि ३००लिटर दुध सङ्कलन हुने गरेको संचालक तथा कृषक लिला मगर बताउछन् ।अझै ५००लिटर दुध आवस्यक भएको मगर बताउछन् ।
Post a Comment