Websoft University

स्वास्थ्य शिविर सम्पन्न


मोहन कुमार राई -भाद्र २० गते । रातो तारा डट कम, संखुवासभा÷चैनपुर नगरपालिका स्थित वडा नंं २ चित्लाङमा सम्पन्न स्वास्थ्य शिविरले महिला तथा बालबालिका, र बृद्धाहरुलाई स्वास्थ्या सेवा पाएका छन् ।

चैनपुर नगरपालिका, सिद्धकाली स्वास्थ्य चौकी, वडा नं. २ को संयुक्त आयोजनामा सञ्चालिते शिविरमा ५५ महिला, २४ पुरुष गरी ८० बढी बालबालिका एवं बृद्धाहरुले स्वास्थ्य सेवा प्राप्त गरेको कार्यक्रम सञ्चालक एवं चैनपुर नगरपालिका स्वास्थ्य शाखा सह संयोजक रुपनारायण झाले बताउनुभयो ।

वडा नंं २ का वडाध्यक्ष काजी शेर्पाको अध्यक्षता सम्पन्न कार्यत्रममा बालबालिकाहरुलाई पोषण, तौल जाँच, नियमित खोप, गर्भवती महिलाहरुको चेकजाँच, बच्चा जन्मीसकेका आमाहरु, ए एन सी÷पिएनसी र बृद्धहरुकोलागि स्वास्थ्य चेकजाच एवं औषधीहरु समेत वितरण गरिएको सिद्धकाली स्वास्थ्य चौकीका अनमी सुनिता गुरुङ्गले वताउनुभयो ।

सहयोगी संस्था सुआहारले हजारदिने आमाहरुलाई फर्सीको खिर समेत खुवाएको थियो । कार्यक्रममा हरेक महिनाको २० गते सञ्चालन हुने बालबालिबकाको लागि नियमित खोप, आयुर्वेद गाउघर क्लिनिक जस्ता कार्यक्रम नियमित रुपमा चित्लाङ्गबजारमा सञ्चालन हुने समेत स्वास्थकमी गुरुङ्गले वताउनुभयो ।

चैनपुर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत अर्जुन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्वास्थ्यकर्मीहरु आयुवेद औसधालयका जयराम झा, कविराज, सिद्धकाली स्वास्थ्य चौकीका अनमी सुनितिा गुङ्ग, अहेव पूर्णकुमारी राई, सुआहाराका मनकुमारी तामाङ, तथा महिला स्वयमसेवीकाहरुले समेत शिविरमा सेवा प्रदान गर्न सहयोग पु¥याएको सञ्चारकर्मी मोहन राईले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.