Websoft University

घोडाघोडीमा कछुवा छाडियो

काठमाडौ असोज २५ गते । रातो तारा डट कम,
घोडाघोडी-विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा आज लोपोन्मुख प्रजातिको कछुवा छाडिएको छ ।

बर्दियाको कोठीयाघाटबाट ल्याइएको करीब २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको कछुवा छाडिएको हो । कोठियाघाट नजीक स्थानीयवासीले माछा मार्ने क्रममा अत्यन्तै लोपोन्मुख प्रजातिको कछुवा समातेको देखेपछि संरक्षणका लागि आफूले लिएर आएको घोडाघोडी नगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो ।

प्रमुख चौधरी लामो समयदेखि प्रकृति संरक्षणमा लागिरहनुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.