Websoft University

नृत्यकला प्रशिक्षकबाटै बालिका बलात्कारको प्रयास- बलात्कारको प्रयास गर्ने प्रहरी खोरमा

शिव भट्टराई - सुनसरी  कार्तिक ९ गते । रातो तारा डट कम,
इटहरी उपमहानगरपालिका–४ कचना माध्यमिक विद्यालयको कक्षा  ७ मा अध्ययनरत एक १३ बर्षीया किशोरीलाई नृत्यकला प्रशिक्षकले यौन शोष्ण सहित हत्या प्रयास गरेको अभियोगमा पक्राउ गरिएको छ ।

दुई दिनअघि नृत्यकला सिक्न गएको अवस्थामा किशोरीमाथि नृत्य प्रशिक्षक २६ बर्षीय नविन विकले नृत्य कक्षा नजिकै गोप्य कुरा गर्नुछ भन्दै अध्यारो स्थानमा लगेर यौन शोषण गरी अर्ध वेहोस अवस्थामा पु¥याएको अवस्थामा किशोरीको आमाले फेला पारी पीडक विश्वकर्मा र बालिकाको उद्दार गरी प्रहरीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

गत बुधवार राती सवा ८ बजेतिर भएको उक्त घट्नाका अभियुक्त विश्वकर्मालाई सोही साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिँदै उनको विषयमा आवश्यक कार्वाही अघि बढाईएको बताईएको छ ।

बालिकाको पीडित पक्षले पीडक विश्वकर्मालाई कडा कार्वाहीको माँग गर्दै बालिकाको उचित स्वास्थ्य उपचार र न्याय दिलाई पाउनका लागि प्रहरीलाई दवाव दिने कार्य भईं रहेको तथा बालिकालाई प्रहरी सुरक्षित स्थानमा राख्ने ब्यवस्था मिलाईदै गरेको पीडितको अभिभावकले जानकारी दिनुभएको छ ।

पीडित किशोरीको अझै राम्ररी चेत नखुलेकाले उनको अवस्था सामान्य अवस्थामा ल्याउनका लागि प्रयास भई रहेको पनि अभिभावकहरुले थप जानकारी दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.