Websoft University

शिक्षक दमन राउत आफ्नै घर नजिक मृत भेटिए


शिव भट्टराई - सुनसरी कार्तिक ७ गते । रातो तारा डट कम,
इटहरी २ बरगाछिमा एक पुरुषको शव फेला परेको छ ।
४१ बर्षिय दमन राउतको आफ्नै घरमा लडेको अवस्थामा शव फेला परेको हो ।

उनि मोरङ गोठगाँउ स्थित पञ्चायत मा.बि.का शिक्षक भएको बताइएको छ । आफ्नै घरको फुलबारी नजिक घोप्टीएको अबस्थामा उनको मृत शव भेटिएको इटहरी प्रहरीले जनाएको छ । घरका अन्य सदस्य टिका लगाउन काठमाडौ गएको र उनि एक्लै  घरमा बस्दै आएका थिए ।

घटनाको इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको जनाएको छ । स्थानियले उनको शव ६ बजे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.