Websoft University

सुविधा लिएको आरोपमा मुद्दा


 काठमाडौँ,कात्तिक ९ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नपा–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी मल्लले २०७४ भदौ महीनादेखि माघ महीनासम्म करीब छ महीना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझिलिएको आरोप लागेको छ ।

गैरकानूनीरुपमा हाजिर गरी एकैपटक रु एक लाख ६२ हजार ७५३ बराबरको तलब, भत्ता, दशैँ खर्च, सञ्चयकोष थप रकम, बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कानूनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न प्रत्यक्षरूपमा सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

यस्तै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, द्वारी, नवलपरासीका अस्थायी शिक्षक ज्योतिप्रकाश अर्यालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.