Websoft University

बस दुर्घटनामा २ प्रहरी सहित ८ घाईते


मोरङ, असोज  २० गते । रातो तारा डट कम,
मोरङको सुन्दर,हरैँचा नगरपालिका-४ स्थित बलिया चौकमा शुक्रबार साँझ २ वटा बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना प्रहरी सहित ८ जना घाइते भएका छन् । साँझ पौने ७ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै
गरेको ना. ५ ख २७०८ नम्बर र विपरित दिशाबाट आउँदै गरेको बा २ ख ४१८नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । 

(यो समचार रातो तारा डट कमले १९ गते बेलुकी दुर्घटना भए पछि भिडियो र छोटो समचार दिएका थियौ )

दुर्घटना परि बा २ ख ४१८ नम्बरको बसका चालक सोही नगरपालिका बस्ने बर्ष २५ को रमेश खड्का,
बसमा सवार भद्रपुर नगरपालिका(३ बस्ने बर्ष ३१ की मुनु सुब्बा त्यसैगरी अर्को बसका चालक झापा कमल गाउँपालिका-७ बस्ने बर्ष ३० को ताइवन लिम्बु, बसमा
सवार भारत बंगाल बस्ने बर्ष ५२ को सादुन खान, १ नम्बर प्रदेश बिपद ब्यवस्थापन कार्यदल चन्द्रगढीमा कार्यरत प्रहरी जवान सुनिल सिवा, प्रहरी जवान आदित्य मगर, दमक नगरपालिका-१० बस्ने बर्ष ३२ को कुल बहादुर तिम्सिना र
भारत बंगाल बस्ने बर्ष ३६ को सामसुङ स्लाम घाइते भएका छन् ।

घाइतेहरुको विराटनगर स्थित नोबेल, न्यूरो र बिराट नर्सिङ होममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.