Websoft University

पुर्वाञ्चल सहकारीको २१ औ वार्षिक साधारणसभा सम्पन्न


शिव भट्टराई,- सुनसरी, असोज १७ गते ।रातो तारा डट कम,
पुर्वाञ्चल साकोसका अध्यक्ष दिनेश कुमार भट्टराईको अध्यक्षतामा हिजो सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिका प्रमुख द्वारीक लाल चौधरिको रहेको थियो भने अन्य विभिन्न सघ सस्थाबाट प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो ।

कार्यक्रममा उक्त सस्थाले एस एल सि मा उत्कृष्ट नम्बर ल्याउने शेयर सदस्यहरुको छोराछोरिहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा उक्त सस्थाका शेयर सदस्य पदम प्रशाद विमलीका छोरा विधान विमली र् शिव भट्टराईकी छोरी सामना भट्टराई रहेकी थीइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख द्वारीक लाल चौधरिले इटहरीको बिकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको भन्दै सस्थाको प्रशसा गर्नु भएको थियो । उहाले सहकारीले आफ्नो शेयर सदस्यहरुको जीवन स्तर उकास्न सक्ने कार्य विधीमा बढी प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो । उहाले इटहरी उपमहानगरपालिकामा सहकारीको सख्या धेरै भएको कारण अब सहकारीहरु मर्च हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रमको वार्षिक साधारण सभाको आय व्यय सुनाउदै पुर्वाञ्चल साकोसको अध्यक्ष दिनेश कुमार भट्टराईले एक वर्षमा एक करोड नाफा गर्न सफल भएको बताउनु भएको थियो । उहाले हाल सम्म १ हजार सत्तर जना सस्थामा शेयर सदस्य भईसक्नु भएको बताउनु भएको छ् ।

कार्यक्रम इटहरीको दुर्गा पार्टी प्यालेसको सभाहलमा भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.