Websoft University

मेलिना राईको वैंशै बेइमानी गीति एलबंम सार्वजनिक


काठमाडौं,कार्तिक ८ गते । रातो तारा डट कम, गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल मेलिना राईुबाट वैंशै बेइमानी बोलको गीत सार्वजनिक गरिएको हो।

तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ। राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ।

राजनराजको संगीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दिएकी छिन्। तर, फिल्म बाहेकको गीतमा मेलिना र राजनराजको यो पहिलो सहकार्य हो।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई फिचरिङ छन्। मेलिनाले पहिलो पटक पुरा भिडियोमा नृत्य प्रस्तुत गरेकी छिन्।

अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.