Websoft University

आठ गते देखि सप्ताव्यापी बिराटनगर ११ मा योग सिविर हुने


मोरङ कार्तिक ५ गते । रातो तारा डट कम,बिराटनगर माहानगरपालिका वडानम्वर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेको अध्यक्ष्तामा पंतन्जली योग सिबिर संन्चालनार्थ व्यावस्थापन समितिको बैठक सस्यो ।

बैठकमा पंतन्जली योग सिविर १ नम्वर प्रदेश सदस्य सोभा कोइराला र मोरङ जिल्ला अध्यक्ष ध्रुव बहादुर तामाङ्ग समेतको उपस्तिथतिमा बसेको बैठकले बिभिन्न व्याक्ति व्याक्तित्व समेटेर बिभिन्न उपसमितिहरु गठन गर्ने निणर्य समेत गरेकोछ ।

प्रचारप्रशार उपसमिति संयोजक वडा सदस्य इन्दिरा गिरी,मंन्च व्यावस्थापन उपसमितिमा वडा सदस्य श्यामसुन्दर कामत,स्वयमसेवक उपसमिति संयोजकमा रोहित कोइराला, र सल्लाकार समितिमा संयोजक यादनरसिंह कार्की,समेत रहने गरी समितिहरु गठन गरिएकोछ ।

कार्यक्रम स्थानिय बिकेबियाम निजि बिधालयको प्रागणमा कार्तिक ८ बिहान ५ वजे मेयर भीम पराजुलीले उदघाटन शुभ आरम्भ गरेपछि योग सुरुहुने पनि जानकारी प्राप्त भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.