Websoft University

अवैध सामान बरामद


बिराटनगर असोज २२ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका(१५ स्थित बिभिन्न स्थानबाट प्रहरीले शुक्रबार १ लाख भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी, सिमा प्रहरी चौकी रानी र सि. आर.भी. बाट खटिएको प्रहरीको टोलीले बिभिन्न एरियाबाट अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको खाद्यान्न सामाग्री, लेडिज जामा, जुत्ता, स्टिलको थाल, चम्चा,गिलास, घण्टी र दियो लगायत अन्दाजी १ लाख २४ हजार ३५० मूल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कानूनी प्रकृया पश्चात कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइने इलाका प्रहरी कार्यालय रानीले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.