Websoft University

प्रादेशिक पुँजी बजार प्रदर्शनी आजैबाट सुरु

बिराटनगर, असोज १९ गते । रातो तारा डट कम,नेपाल धितो पत्र बोर्डले आज बिराटनगरको जैन भवनमा धितो पत्र संग सम्वन्धित १ सय १० स्टलहरु राखेर नेपालकै इतिहासमा पहिलो पटक प्रादेशिक पुँजी बजार प्रर्दशनी गर्याे ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले प्रादेशिक पुँजी बजार प्रदर्शनीको उदघाटन गर्दै,धितो पत्र तथा पुँजी बजारको जानकारी दिन नेपाल धितो पत्र बोर्डले यो प्रदेशमा पुँजी बजारको प्रदर्शनी गरेकोमा खुशी व्याक्त गर्नु भयो ।

अहिले नेपालमा संघीय प्रदेशीक र स्थानिय गरी ३ तहको सरकार भएकाले समृद्घ नेपाल सुखी नेपाली, भन्ने नारा बोकेर सरकार जनताको सेवामा अगि बढी रहेकोछ राईले भन्नु
भयो ।

यो पुँजी बजारले प्रदेश नम्वर १ को बिकासमा सहयोग पु¥र्याउनेछ भने एक घर एक डेमिट खाताको अवधारणालाई पनि यसले सहयोग गर्ने भन्दै,सबैलाई धन्यावाद दिनु भयो ।

कार्यक्रममा १ नम्वर प्रदेशका अर्थ मन्त्री इन्द्रबहादुर आङबो लगाएतका बिभिन्न बरिष्ठ र व्यावसायी महानु भावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले आ आफना भनाईहरु राख्नु भएको थियो भने बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले धितापत्र बोर्ड पुँजी बजार प्रदर्शनीका बारेमा जानकारी गराउनु हुदैउपस्थित सम्पुर्णलाई स्वागत समेत गर्नु  भएको थियो ।

प्रादेशिक पुँजी बजार प्रदर्शनी २०७५को कार्यक्रम प्रा डा प्रमोद कुमार इााको अध्यक्षतामा भएको थियो ।

पुँजीबजार प्रदर्शनी असोज १९ र २० गते सम्म रहनेछ ।











Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.