Websoft University

सहकारी द्वारा जिवनाथ भट्टराई सम्मानित


शिव भट्टराई -इटहरी असोज २७ गते । रातो तारा डट कम,लामो समय देखि अन्न र नुन त्याग गरी फलफुल मात्र भएर गृहस्ती जिवनका साथै सन्त शैलीमा धार्मिक गतिविधिमा सक्रिय रहदै आएका सुन्दरहरैचाका जिवनाथ भट्टराई सम्मानित भएका छन ।

आफनो उमेरको ७ वर्ष देखि अन्न र नुन त्यागेर फलफुल मात्र खाने र मायारुपी भगवतीको मन्दिर निर्माण गरी धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका ८३ वर्षिय भट्टराईलाई सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको
हो ।

सहकारीले आफनो २२औं साधारणसभाको अवसर पारेर सुन्दरहरैचा ७ गोठगाँउका भट्टराईलाई विशेष सम्मान गरेको
हो । साधारणसभाका प्रमुख अतिथी नेफ्स्कुनका कोषध्यक्ष केशवप्रसाद पोखरेलले भट्टराई र उनकी श्रीमती सावित्रादेवी भट्टराईलाई दोसल्ला र सम्मान पत्र प्रदान गरे ।

 त्यसै गरी सहकारीले जेष्ठनागरिकहरु ९९ वर्षिया खड्गकुमारी ढकाल, ९२ वर्षिया इच्छमाया भट्टराई र ८९ वर्षिय देउनारायण सापकोटालाई समेत सम्मान गर्यो ।

मोरगं क्षेत्रमा रहेका सहकारीहरुमा सफल सहकारीहरुको वर्ग पर्ने सुन्दरपुर वचत तथा ऋण सहकारीमा हाल २८ सय ६४ जना शेयर सदस्य र १७ करोड १२ लाख शेयर सदस्य रहेका छन ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षतामा भएको साधारणसभालाई सम्वोधन गर्दै प्रमुख अतिथी पोखरेलले सहकारीलाई सुरक्षित वनाउन ऋण असुली कार्य सहज हुन हो भन्दै एक सदस्यले ऋण नवुझाउनु भनेको अर्काे सदस्यको वचत समेत जोखिममा पर्ने तर्फ सवै शेयर सदस्यहरु सचेत हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका उमेश गुरुगं लगायतले सहकारीका विषयमा चर्चा गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.