शिव भट्टराई - सुनसरी असोज २४ गते । रातो तारा डट कम,
सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् ।
करणीको आरोपमा गढिगाउपालिका-८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ स्थित गोधुली होलटमा लगेर धाक-धम्की देखाई करणी गरेको भनी पिडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो
पक्राउ परेका चौधरीलाई इप्रका दुहबीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment