Websoft University

लागूऔषध सहित युवक पक्राउ


बिराटनगर,असोज २९ गते । रातो तारा डट कम,प्रतिबन्धित लागूऔषध सहित प्रहरीले मोरङको विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ जना युवकलाई पक्राउ गरेको छ ।

 बिहान ९ बजेको समयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने बर्ष २० को सुजन राईलाई लागूऔषध
सहित पक्राउ गरेको हो ।

 राईलाई शंका लागि चेकजाँच गर्ने क्रममा पाईन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ६० चक्की नाईट्रोसन ट्याब्लेट फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित राईलाई इप्रका रानीमा
राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.