Websoft University

मेशिनले महिलाको ज्यान लियो


बिराटनगर  असोज  १७ गते । रातो तारा डट कम
मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्ट ब्लो मेशिनमा टाउको ठोक्किदा  १ महिलाको ज्यान गएको छ ।

दिउँसो २ बजेको समयमा सोही ईन्डस्ट्रिजमा मजदुरी गर्दै आईरहेकी खोटाङ बाक्सिला घर भई हाल बुढीगंगा गाउँपालिका-३ बस्ने ३४ बर्षीय सरिता तामाङको बोतल टिप्न भुईमा निहुरिएको बेला स्वचालित मेशिनले टाउकोमा लागेको थियो ।

मेशिनले लागेर गम्भीर घाईते तामाङको न्यूरो अस्पताल बिराटनगर उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.