बिराटनगर कार्तिक ११ गते । रातो तारा डट कम,कारागार अपराधिलाई सजाय भन्दा पनि उसको व्यवहारमा सुधार ल्याउने थलोको रुपमा मान्यता पाउदै गएको छ । अपाराधिलाई कारागारमा सुधारेर समाजमा पुनः स्थापित हुन सक्ने ठाउँ बनाउनु पर्ने ऐन, नियम बनेका छन् ।
कारागार सुधारगृह जस्तो हुनु पर्ने भन्ने गरिए पनि व्यवहार देखिएको छैन । त्यसको उदाहरण हो मोरङ कारागार । कारगारको क्षमता भन्दा अत्याधिक चापको कारणले कैद एक माथि अर्को खप्टिएर र पलो गरेर सुतनु पर्ने अवस्था रहेको छ । जुन उनीहरुको लागी मानसिक यातना जस्तो भएको छ ।
पुरानो संरचना र कैदिको अत्याधिक चापले कारागार मानसिक यातना गृह जस्तो बन्न पुगेको छ । यस्तो अवस्थाको कारावास भोगेकालाई समाजमा स्थापित हुन कठीन देखिन्छ ।
पुरानो संरचनाको मोरङ कारागारमा महिला पुरुष गरेर २ सय ५० जना कैदै अटने क्षमता रहेको छ । कारागारमा अहिले महिला पुरुष गरि ८ सय ३० जना कैदि कोचिएर बस्न बाध्य रहेका छन् । जसमा महिलाको ५० जना क्षमता भएकोमा ८४ जना रहेका छन् । त्यसमा थप ८ जना बालबालिका रहेका
छन् ।
क्षमता भन्दा ४ गुणा बढी कैदि बन्दी हुदा अत्याधिक चापले कारागारमा वासस्थानको ठूलो समस्या रहेको मोरङ कारागारका जेलर भीमराज पोखरेल बताउ छन् । ‘बाह्र बाई पन्ध्रको एउटा कोडामा ४०÷४५ जना सम्म सुतनु पर्ने अवस्था छ ।’उनले भने,‘एक सँग अर्को कोल्टे परेर टासिएर सुत्नु पर्ने अवस्था छ,ओल्टो कोल्टो फेर्न पनि पाउदैनन।’ स्वस्थ्य समस्या पनि त्यतिकै रहेको उनी बताउ छन् ।
कारागारमा कैदिको चापका कारण एक जनालाई संक्रमण भए १ सय जना सम्मलाई एकै पटक सक्रम हुन सक्ने अवस्था रहेको उनले बताए । एक जनालाई झाडा पखाला लाग्यो भने धेरैलाई एकै पटक संक्रमण हुने गरेको उनी बताउ छन् ।
पुरानो संरचनामा रहेकोे मोरङ कारागार सुरक्षा दृष्टीले पनि संवेदनसिल रहेको छ । अहिले जेलमा सुरक्षा निकायका कर्मचारी र काराकारका कर्मचारीले आवास तथा कार्यलयको समत समस्या भोगी रहेको जेलर पोखरेलले बताए ।
कारागारका संरचनाहरुको प्रयाप्त मर्मत सम्भार हुन नसक्दा जिर्ण अवस्थामा पुगेको उले बताए । कारागारको भौतीक पुर्वाधारमा धेरै समस्या रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । १० जना क्षमता रहेको कोठामा ४०÷४५ जना कैदि रहनु पर्ने अवस्था रहेको उनले बताए । कैदीको चाप कम गर्न सरुवा गर्ने र कैदी नथप्ने पहल भइरहेको उनले बताए । जेल विभाग संग संमन्वय गरेर पुर्वाधार सुधारकालागी पनि पहल भइरहेको उनले जानकारी दिए ।
कारागारका भौतीक संरचनालाई समया अनुकुल परिपमार्जन गर्न गुरुयोजना बनाउने काम सुरु भएको जेलर भिमराज पोखरेलले बताए ।

Post a Comment