Websoft University

अवैध सामान बरामद

झापा, आश्विन १८ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले बुधबार दिउँसो ९४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

दिउँसोको समयमा बिभिन्न स्थानबाट अवैध रुपमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको २२ किलो सुख्खा सुपारी, हरियो मोटर र कपालमा लगाउने मेहेन्दी त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको स्टिलको कचौरा-३४९ पिस, जुता-चप्पल-७६ पिस, कुकर-२ थान, फ्राई ताई १ थान, बेड कभर-७ पिस, ब्लाउज कपडा २ थान, कुर्थी-३ पिस, पर्दा-१ पिस, जामा-२७ पिस, रंग-२० लिटर, जेन्स भेष्ट ८ पिस, लेहङगा-४ पिस र झिरझिरे १ काटुन फेला पारी बरामद गरिएको हो ।

बरामद सामान ईप्रका काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.