Websoft University

सहकारीको १९ औ बार्षिक साधारणसभा सम्पन्न

(फायलफोटो)
काठमाडौ असोज २८ गते । रातो तारा डट कम,
जनकल्याणकारी सहकारी संस्था लिमिटेड इटहरीको १९ औ बार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले  १ करोड ३० लाख आर्थिक कारोवार भएको आर्थिक प्रतिवेदनलाई अनुमोदन गर्दै आगामी आर्थिक बर्षको नयाँ नीति तथा बजेट र कार्यक्रम प्रस्तुत गरेको छ ।

उक्त सहकारी संस्थाका अध्यक्ष यामबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभा समारोहमा यामकुमार सुब्वा तेजबहादुर सुवेदी जगतनाथ फुयाल लक्ष्मी थेवे लगायतले सहकारीका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.