Websoft University

मोरङको सुन्दरहरैचा वार्ड नं ४ ले सरसफाई कार्यक्रम गर्यो


शिव भट्टराई - असोज २० गते । रातो त रा डट कम,
सुन्दरहरैचा वार्ड नं ४ को नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य सहित स्थानिय बासिहरुको समेत उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

करिब १५० घर धुरी रहेको ल्यान्डफिल्ड साइडको बडहरामा बाटो फराकिलो पारिनुका साथै त्यहा रहेको फोहोर व्यवस्थापन समेत गरिएको थियो ।

ल्याण्डफिल्ड साइडको मुसहर वस्ती जाने बाटो वार्ड कार्यलय भन्दा २ किमि दक्षिण मा रहेको बाटो विशेष गरेर नेपाली हरुको माहन चाड पर्वहरुलाई मध्यनजर गर्दै १२ फिटको बाटोलाई ३० फुट बनाउने क्रममा बाटोमा परेका रुख बिरुवा साथै बनेका संरचनालाई व्यस्थित गर्दै नाला सहित सरसफाई गरिएको सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो ।

उक्त स्थानमा अँध्यारो जीवन बिताईरहेका स्थानिय बासिहरुका लागि ट्रान्समिटर जडान भैसकेको र हप्ता दिन भित्र सञ्चालन मा आउने वार्ड अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

साथै दशै भित्र उक्त बाटो र वार्डमा रहेका विभिन्न बाटोमा रहेको खाल्डा खुल्डिहरुमा मिस गिटि हाली बाटो निर्माण गर्ने श्रेष्ठले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.