Websoft University

होम कार्कीले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण


काठमाडौ कार्तिक ९ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष एवं लोकल सन्देश डटकमका प्रधानसम्पादक सुजन तिम्सिनालाई इलामस्थित सूर्योदय नगरपालिका–३ का वडा अध्यक्ष होम कार्कीले धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । 

महासंघ इलाम शाखाका अनुसार अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर कात्तिक २ गते पत्रकार तिम्सिनालाई वडा अध्यक्ष कार्कीले ‘म पनि सूर्योदयकै बासिन्दा हुँ, मेरो बारेमा समाचार किन लेखेको’ भन्दै फोनबाट धम्क्याएका थिए । 

समाचारप्रति चित्त नबुझेमा अपनाउनुपर्ने उपचारका अन्य विकल्पलाई छाडेर सार्वजनिक पदमा बसेका जिम्मेवार व्यक्तिबाट पत्रकरलाई धम्की दिनु आफैंमा निन्दनीय र खेदजनक कार्य हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग  प्रेस विज्ञप्ति मार्फत महासचिव रमेश विष्ट ले माग गरेकाछन ।

    
    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.