Websoft University

छुट्टा - छुट्टै दुर्घटनामा ३ घाईते


बिराटनगर, असोज २७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत भोजपुर र सुनसरी जिल्लामा शुक्रबार भएको छुट्टा-छुट्टै सवारी दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

भोजपुरको अरुण गाउँपालिका ४ स्थित लेगुवा -भोजपुर सडक-खण्डमा शुक्रबार बिहान ट्याक्टरको चक्काले किचेर
१ जना घाइते भएका छन् ।

इटहरीबाट किराना सामान लिएर भोजपुर तर्फ जाँदै
गरेको ना ५ त २४७७ नम्बरको ट्रयाक्टरबाट अचानक लडेर सोही ट्याक्टरको चक्काले किच्दा सह चालक बेलबारी नगरपालिका-५ बस्ने बर्ष १५ को सन्तोष हिमाल घाइते भएका हुन् ।

घटनास्थलमा प्रहरीको टोली खटि गई घाइतेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने चालकलाइ प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-२ स्थित भित्रि सडक खण्डमा मोटरसाइकल र स्कुटर ठक्कर खाइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १९ प ३९७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आईरहेको को ३० प ८३३८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक सोही स्थान बस्ने
बर्ष(४० को जयप्रकास स्वर्णकार र स्कुटर चालक सोही स्थान बस्ने बर्ष(२२ को रमण साह घाइते भएका हुन् ।

घटनास्थलमा प्रहरीको टोली खटि गई घाइते दुबै जनालाई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.