Websoft University

लागूऔषध सहित १ पक्राउ

बिराटनगर असोज २३ गते । रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालिका(७ स्थित कानेपोखरी चौकबाट प्रहरीले आइतबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

दिउँसो करिब पौने ४ बजे अस्थाइ प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी(४
बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्रममा नाइट्राभेट १४९ ट्याब्लेट, डाइजेपाम(१ एम्पुल, फेनारगन(१ एम्पुल, लुपिजेसिक(१ एम्पुल, प्रयोग गरेको सिरिन्ज २ थान र नयाँ सिरिन्ज २ थान फेला पारी बरामद गरिएको हो ।

बरामद लागूऔषध सहित धिमाललाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.