Websoft University

बलेरो गाडीको ठक्करबाट १ को मृत्यु ३ घाईते

(फायलफोटो)
झापा, असोज  १९ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-१३ स्थित कालीझोडामा बलेरो गाडीले २ वटा साईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिजो बिहान करिब पौने आठ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज २४६२ नम्बरको बलेरो गाडीले २ वटा साईकललाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा परि साईकलमा सवार अर्जुनधारा नगरपालिका-१० बस्ने बर्ष ६० को बिष्णु प्रसाद बि.क., अर्को साईकलमा सवार मेचीनगर नगरपालिका-१२ बस्ने बर्ष ३८ को शंकर रोक्का, बलेरोमा सवार ईलाम जोगमाई गाउँपालिका-४ बस्ने बर्ष १९ को बिशाल सापकोटा र ईलाम नगरपालिका-७ बस्ने बर्ष ५४ को दिगेन्द्र रिमाल घाइते भएका थिए ।

 घाईते चारै जनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा बिष्णु प्रसाद बि.क. को सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ भने बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय धुलावारीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.