Websoft University

वजार अनुगमन गर्दा इटहरीमा १० महिना अघिनै म्याद नाधेका खादय पदार्थ समेत वेच्न राखेको भेटियो



काठमाडौ-शिव भट्टराई सुनसरी असोज १८ गते । रातो तारा डट कम,इटहरीमा वजार अनुगमन सुरु गरिएको छ । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा आज खादय समाग्री वेच्ने होलसेल पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा केहि पसलहरुमा म्याद नाधेका खादय पदार्थ समेत वेच्न राखेको पाइएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले वताउनुभयो । उहाँका अनुसार दश महिना अघि नै म्याद नाधेका जंक फुड,चीसो पेय पदार्थ वेच्न राखेको भेटिएको छ ।

यसैगरि कहिले वनेको,कहाँ वनेको र कहिले सम्म उपभोग गर्दा हुने हो केहि पनि उल्लेख नगरिएको खादयपदार्थ समेत पाइएको छ ।
   
वजार अनुगमनका क्रममा मिसावट,लेवल नभएका समान र म्याद नाधेका खादय पदार्थ पनि वेच्न राखेको पाइएकोले उपमहानगरले कानुन वमोजिम कारवाहीको दायरामा ल्याउने उपप्रमुख लक्ष्मी गौतमको भनाई छ ।

ती खादय पदार्थको परीक्षण गरेर कानुन वमोजिम कारवाहीको प्रक्रियामा जाने उहाँले प्रतिवद्धता जनाउनुभयो ।वजारमा कालावजारी पाइए कानुन वमोजिम कारवाहीका लागि उद्योग वाणिज्य संघले स्थानीय सरकारलाई सहयोग गर्ने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले वताउनुभयो ।

उहाँले गलत गतिविधि गर्ने ब्यापारीलाई स्थानीय सरकारले कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
उपमहानगरले वजार अनुगमन नियमावलि वनाएर अनुगमन थालेको हो । उपभोक्ता हित संरक्षण समिति र वजार अनुगमन समिति समेत गठन गरिएको छ ।

जिल्ला प्रशासन,प्रहरी,नापतौल तथा गुणस्तर कार्यालय,खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालय,उपभोक्तावादी सस्था र सँचारकर्मीहरु संलग्न टोलीले वजार अनुगमन गरेको हो । डिल्ली दाहाल उपभोक्ता मंच इटहरीका सचिव डिल्ली दाहालले अव अनुगमनलाई तिव्रता दिएर उपभोक्ताको हितमा अघि वढने वताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.