Websoft University

मिरगंज पूलको समस्या लगायत अन्य समसामायिक विषयमा छलफल सम्पन्न

बिराटनगर, असोज २८ गते । रातो तारा डट कम, उद्योग संगठन मोरंगको आयोजनामा भारत, बिहार, फारवीसगंजका विद्यायक मंचन केशरीका साथ मिरगंज पूलको समस्या
लगायत अन्य समसामायिक विषयमा छलफल सम्पन्न भयो ।

छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले गत वर्ष श्रावणमा आएको बाडीबाट क्षतीग्रस्त भएको मिरगंज पूलको कारण यस क्षेत्रका उद्योगी÷व्यवसायीलाई कच्चा
पदार्थ आयात र उत्पादित वस्तु निर्यातमा भोग्नु परिरहेको समस्यालाई अवगत गराउदै दीर्घकालिन समाधान निकाल्न भारतीय विद्यायक समक्ष अनुरोध गर्नु भयो ।

अध्यक्ष घिमिरेले यस क्षेत्रको आयात निर्यातलाई निरन्तरता राख्न पूलको अवस्था सुदृढ बनाउनु पर्ने भएकाले राजनीतिक तहबाट पहल गरी दिर्घकालीन समाधान निकाल्न
अनुरोध गर्नुभयो ।

मोरंगका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले नेपाल र भारत दुवै क्षेत्रको जनताको लाईफलाईनको रूपमा रहेको मीरगंज पूललाई मर्मत सम्भार गरीपूर्ण क्षमतामा संचालन गर्ने स्थितिमा ल्याउनु पर्ने र दिर्घकालीन रूपमा समस्या
समाधान गर्न उक्त पूलको विकल्पमा नया पूल निमार्ण गर्न अविलम्ब पहल गर्नुपर्ने धारणा राख्नु भयो ।

बिहार फारबिसगंजका विद्यायक मञ्चन केसरीले सामरिक दृष्टिकोणले आफनो क्षेत्र अत्यन्त महत्वपूर्ण भएको बताउदै आफना क्षेत्रका जनताको भलाई आफनो पहिलो प्राथमिकता भएकोले मिरगंज पूलको मर्मत सम्भार र पूर्ण क्षमतामा
संचालनका लागि आफुले राजनीतिक तहबाट पूर्ण प्रत्यन्त गर्ने स्पष्ट पार्नु भयो ।

छलफलमा मिरगंज पूलको वत्र्तमान अवस्था र आउदै गरेको दशै तिहारलाई दृष्टिगत गर्दै बढीमा ६० मेट्रिक टन क्षमताको सवारीका साधनलाई पूलबाट संचालन गर्न अनुमति दिने, नया पूल निमार्णका लागि भारतीय सरकार समक्ष पहल गनर्सका साथै जोगवनी देखि फारबिसगंज सम्मको सडकको क्षमता अभिवृद्धि र विस्तार गर्ने पहल गर्ने निर्णय गरियो ।

साथै निमार्णधिन नयाँ पुल नवनुन्जेलसम्म वैकल्पिक रूपमा वेली व्रिज वा डाईभर्सन पूल वनाई संचालनमा ल्याउने विषयमा समेत छलफल गरियो । पहिलो पटक उद्योग संगठन मोरंगको आयोजनामा भारतीय विधायकका साथ सम्पन्न
कार्यक्रममा मोरंगका प्रहरी उपरिक्षक मनोज कुमार के.सी., राष्ट्रिय अनुसन्धान प्रहरी उपरिक्षक विमल कुमार डङ्गोल, उद्योग संगठन मोरंगका उपाध्यक्ष राजकुमार गोल्छा, राकेश सुराना कार्यकारिणी सदस्य बिपिन काबरा लगायत मोरंग व्यापार संघका महासचिव नविन रिजाल, सचिव अनिल साहले पूलका कारण उत्पन्न समस्याबाट अवगत गराउदै आगामी दिनमा आईपर्ने समस्याहरूका विषयमा दुवै पक्षले सोहार्द पूर्ण वातावरणमा समस्या समाधानका लागि पहल गर्ने निर्णय गरिएको कुरा प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.