Websoft University

ग्याङ फाइटमा कामतको मृत्यु - खुकुरी प्रहार गरी युवकको हत्या,

बिराटनगर, कार्तिक ३ गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

त्यसैगरी बिराटनगरमा गएराती कालिमन्दिर अगाडि केटाहरूको  सामान्य बिवाद बाट ग्यांगफाइट हुदा छुरिलागेर
बिराटनगर १४ जतुवा- वर्ष १८ को राहुल कामतको घटनास्थलमै मृत्यु
भएको थियो ।

मृतको सव पोष्टमाटमका लागि कोशीअन्चल अस्पतालमा राखिएको कुरा डिएसपी घनश्याम श्रेष्ठले रातो तारा डट कम लाई जानकारी गराउनु भएको छ ।

घटनाको छानविनका लागि प्रहरीले अनुसन्धान तीब्र बनाएको श्रेष्ठले जानकारी गराउन भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.