Websoft University

६३ औं प्रहरी दिवस २०७५ सम्पन्न


बिराटनगर, असोज  २५ गते । रातो तारा डट कम ,“६३ औं प्रहरी दिवश २०७५” को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री श्री शेरधन राईको प्रमुख आतिथ्यतामा, प्रदेश प्रहरी तालीम केन्द्रको हातामा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्नु हुने जग्गा दाताहरु, शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध रोकथाम तथा अनुसन्धान गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता विभिन्न प्रहरी कार्यमा अतुलनीय सहयोग पुर्‍याउनु हुने प्रहरी सहयोगी महानुभावहरुलाई प्रशंसा पत्र तथा कदर पत्र प्रदान गर्नु भएको थियो ।

वहाले २०७४ सालको SEE परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला तथा पूर्व प्रहरी कर्मचारीका सन्ततीहरुलाई छात्रबृति प्रदान गर्नु भएको थियो। प्रहरी दिवसकै अवसर पारेर १ नम्बर प्रदेश अन्तर्गतका बिद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागितामा आयोजना गरिएको 'यौनहिंसा: कारण, रोकथाम र नागरिकको भूमिका' विषयक निबन्ध प्रतियोगितामा जिल्ला स्तरमा प्रथम र द्वितिय हुने निबन्धहरुलाई संग्रहको रुपमा प्रकाशित गरिएको थियो ।

उक्त संग्रहको माननीय मुख्य मन्त्री शेरधन राईले बिमोचन गर्नु हुँदै निबन्ध लेखन प्रतियोगितामा प्रथम,
द्वितिय र तृतीय हुने क्रमशः कोशी माध्यामिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत छात्रा मोनिका कार्की, श्रीजंगा माध्यामिक बिद्यालय हिलिहाङ पाँचथरमा कक्षा १० मा अध्यनरत छात्रा बिपना बराईली र श्री भाषा माध्यमिक बिद्यालय धनकुटामा कक्षा ९ मा अध्यनरत छात्रा समिक्षा अधिकारीलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो ।

पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय मुख्य मन्त्री शेरधन राईले ६३ औं प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु हुँदै अहोरात्र खटिने नेपाल प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

साथै देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर
अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथी १ नम्बर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नेपाल प्रहरी स्कुल धरानले प्रहरी दिवसको अवसरमा संचालन गरेको अन्तर बिद्यालय चित्रकला प्रतियोगिताका विजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

 पुरस्कार वितरण पश्चात आफ्नो मन्तव्य राख्नु हुँदै माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले वीर अमर प्रहरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । वँहाले ६३ औं प्रहरी दिवस सम्म आईपुग्दा नेपाल प्रहरी जनताको विश्वासिलो सहयोगी र साथी बनि सकेको बताउनु हुँदै यसलाई अझ
प्रभावकारी रुपमा अगाडी बढाउदै लैजानु पर्नेमा जोड दिनुभयो ।

प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक रिजालले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

वँहाले कर्तव्य पालन जिम्मेवारी निरवाहको सिसिलामा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, उद्योगी ब्यापारीहरु, अमर प्रहरी परिवारजनहरु, पूर्व  प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

“साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट दुई प्रहरी कर्मचारी पुरस्कृत;
प्रहरी दिवशको अवसरमा हरेक वर्ष प्रदान गरिदै आएको “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” बाट दुई प्रहरी पुरस्कृत भएका छन् । उक्त पुरस्कारबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूह (RIT) मा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत प्रहरी सहायक निरिक्षक दुर्गा पोमु लिम्बुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत प्रहरी कर्मचारीहरुलाई साधनादेवी पराक्रम पुरस्कारका संस्थापक प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले नगद ९० हजार (४५।४५ हजार) को चेक हस्तान्तरण गर्नु भएको थियो । सोही अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका सँस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथी माननीय मुख्य मन्त्री शेरधन
राईले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.