Websoft University

माइक्रो बस बाँकेको हायस ठुटे जङ्गलमा दुर्घटना हुदा ६ जनाको मृत्यु


 काठमाण्डौं,असोज २० गते । रातो तारा डट कम,रा १ ख १६६२ नम्बरको माइक्रो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन ।

दुर्घटनामा  दाङ तुल्सीपुर निवासी ३२ वर्षीय तुल्सी रावत र सोही ठाँउ निवासी २६ वर्षीय बसन्ती चौधरीको मृत्यु भएको छ भने अन्य ४ जनाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका १७ जनाको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । माइक्रो लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको
हो ।   हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबिच घटनाको जानकारी लिन बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल अस्पताल पुग्नुभएको छ । घटना लगत्तै प्रमुख जिल्ला अधिकारी, शसस्त्रका एसपी भेषबहादुर शाहा लगायत शुरक्षा निकायका प्रमुखहरुसहित अस्पताल पुगेका भुजेलले घाईतेहरुको उपचारमा कुनै कमी नराख्न निर्देशन समेत दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.