Websoft University

लागु-औषध सहित २ पक्राउ

सुनसरी, आश्विन १६ गते । रातो तारा डट कम,
सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तिनकुनेबाट प्रहरीले सोमवार लागु-औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

राती १० बजेको समयमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ह ३१६९ नम्बरको टेम्पो  चेकजाँच गर्ने क्रममा टेम्पोमा सवार धरान-१० बस्ने बर्ष ३२ को पासाङ  शेर्पाको साथबाट लागु-औषध डाइलेक्स डिसी ३ बोतल र स्पास्मोप्रोक्सिभन २ सय १६ एम्पुल फेला पारी बरामद गरेको हो ।

बरामद लागूऔषध सहित शेर्पा र टेम्पो चालक धरान-८ बस्ने बर्ष ३६ को प्रकाश लामालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको
छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.