Websoft University

उच्च शिक्षा पढ्न खुत्रुकेमा पैसा


शिव भट्टराई, सुनसरी असोज २० गते । रातो तारा डट कम,
 साना  किसान सहकारी सस्था लिमिटेड सुन्दर हरैंचा मोरङ्ले घरघरमा संचालन गरेको बाल खुत्रुके बचत अभियान प्रभावकारी हुँदै गएको  छ ।

अहिलेदेखि नैं खुत्रेकेमा एकदुई रुपैया बचत गरे बिद्यालय पढ्ने उमेर पुरा भएपछि भबिष्यको बाटो बनाउन सहयोग पुग्छ भन्ने सचेतना सहकारीले दिएपछि बालबालिकाले बचेको तथा हात परेको रुपैयाँ खुत्रुकेमा खसाल्ने गरेका छन् ।

अभिभावकहरुले पनि बालबालिकालाइ खुत्रुकेमा पैसा जम्मा गर्न साथ सहयोग दिँदै आएका छन् ।  सुन्दर हरैचा –७ की बालिका  आर्जन पोखरेलकी आमा यशोदाले १६ बर्ष पुगेपछि छोरीले पढ्न चाहेको बिषय पढाई दिने सोच बनाउनु भएको छ ।सहकारीले सही बाटो देखाई दिएर गुन लगाएको भन्दै यशोदाको खुशीको सीमा छैन ।

यशोदा जस्तै धेरै अभिभावकहरुले चाडवाडको बेला जम्मा भएको पैसा बालबालिकालाइ फुर्मास गर्न दिँदैनन् । घरायासी समान , नास्ता लगायत किनमेल गर्दा बचेको पैसा पनि  जम्मा गरि दिने गरेका छन् । बालबालिकामा  पनि चाहिँदो कुरामा खर्च  गर्ने बाहेकको पैसा खुत्रुकेमा जम्मा गर्ने बानीको बिकास भएको छ । 

स्थानीय  तारा शाहले साना किसानमा आवद्ध भएर बालबचत खुत्रुकेमा छोरीको रकम जम्मा हुन  सहयोग गर्नु भएको छ । ताराकी ७ बर्षिया छोरीले आफन्तले  माया गरेर  दिएको, खाजा किन्दा उबारेको  र  चाडबाडमा टिका लगाएको रकम खुत्रुकेमा खसाल्ने गरेकी छन्  ।  ताराको  चाहाना छोरीलाई स्टाफ नर्स बनाउने रहेको छ ।

यस्तै अर्की बालिका दुर्गा माझीको खुत्रुकेमा पैसा जम्मा भएको नौ बर्ष भएको छ । हजुरआमा पदमाले नातिनी दुर्गाको खुत्रुकेमा जम्मा भएको रकमले विवाहमा तिलक दिनेदेखि उच्च शिक्षा पढाउन सकिन्छ कि भन्ने आशा छ   । उहाँ भन्नुहुन्छ ,  यसो सागसव्जी किन्दा बचाएर एकदुई रुपैयाँ खुत्रुुकेमा हालि दिने गरेको छु ।

 गिता खरेल साना किसान सहकारी संस्था सुन्दर हरैंचाले ल्याएको  बाल खुत्रुके अभियानप्रति निकै नैं खुशी हुनुहुन्छ ।साना किसान सहकारीमा आवद्ध नभएको भए यो कुरो आफुलाई थाह नहुँदा  नातिनीको  भबिष्य पनि अन्यौलमा हुने थियो भन्ने उहाँको भनाई छ ।

साना किसान सहकारी संस्थाको बोर्डमा अहिले चारसय बढि चावी झुण्ड्याइएको छ । बालबालिकाको घरमा  रहेको खुत्रुके भरिएपछि सहकारीले अभिभावकको रोहवरमा पैसा निकालेर खातामा जम्मा गरिदिने गरेको छ  ।१६ बर्ष उमेर पुरा भएपछि अर्थात कलेज पढ्ने भएपछि बालबालिकालाई नैं  सहकारीले एकमुष्ट सावाँ–ब्याजसहित रकम  बुझाउने  गर्दछ  ।उमेर पुगेका बालबालिकाले सधैंजसो सहकारीमा जम्मा गर्न पनि सक्ने छन् ।

  सहकारी समूहको शेयर सदस्य भएकोले बालबालिकाका आमावुवाहरुले  समूहमार्फत समूह बचत , ऐच्छिक बचत , ग्रामिण बचत लगायत बिभिन्न बचतहरु  गर्ने गरेका छन् ।  बालबालिकाले पनि थोरै भएपनि हात परेको पैसाको बचत गदैृ सदुपयोग गर्ने बानी बसोस्  भनेर बाल खुत्रुके बचत अभियान संचालन गरिएको सहकारीका अध्यक्ष रबिन्द्र आचार्यले जानकारी दिनु भयो ।

बाल बचत  खुत्रुके अभियान सहकारीलाई पनि पूँजी निर्माणको लागि ठुलो आधार भएको  र बिद्यालय तह पार गरेपछि जम्मा गरेको रकमबाट उच्च शिक्षा लगायतमा खर्च गर्न बालबालिकालाई पनि सहज हुने अध्यक्ष आर्चायले बताउनु भयो ।
 
कृषि २२ बर्षअघि स्थापना भएको सो सहकारी संस्थाका अहिले २४ सय बढि सेयर सदस्य छन् । सहकारी संस्थाले सस्तो ब्याजदरमा ऋण दिएपछि किसानहरुले पूँजी निर्माण गरे सावाँ ब्याजसहित फिर्ता गर्न सफल भएका छन् ।

किसानहरुलाई कृषि ब्यवसाय सम्बन्धि बिभिन्न तालिम दिँदै सहुलियत दरमा ऋण समेत दिएर  गरिवी निवारणमा टेवा पुर्याउने सो कृषि सहकारीको  काम प्रशंसनिय रहेको किसानको बुझाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.