Websoft University

प्रेस काउन्सिल डिजिटलसँगै डाटा सेन्टर


काठमाण्डौं, असोज २७ गते । रातो तारा डट कम,काभे्रपलाञ्चोक, प्रेस काउन्सिल नेपाललाई डिजिटलाईजेसन्सँगै डाटा सेन्टरका रुपमा विकसित गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ काभे्रपलाञ्चोकको संयोजनमा काउन्सिलद्वारा हिजो बनेपामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहोराले काउन्सिललाई डिजिटलाईजेसनसँगै डाटा सेन्टरका रुपमा विकसित गरी सञ्चारमाध्यममा प्रकाशित प्रसारित सामग्री पाठक वा अनुसन्धानकर्ताले सजिलै पाउन सक्ने बताउनुभयो ।

बोहोराले हाल ६२ वटा टेलिभिजन र तीन सय एफएम रेडियोका सामग्रीको २४ सैँ घण्टाका सामग्री सुरक्षित गरी अनुगमन भइरहेको बताउनुभयो । काउन्सिलका सदस्य सुभेक्षा विन्दु तुलाधरले सञ्चारमाध्यमबाट महिलाका विषयमा प्रस्तुति हुँदा शब्दशब्दमा हिंसा भइरहेकाले सञ्चारकर्मीले जवाफदेही र उत्तरदायित्व नभुल्न आग्रह गर्नुभयो ।

यसका लागि लैङ्गिक, अपाङ्गता एवं बालबालिकाका लागि निर्दे्शिका तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले पत्रकारले गल्ती गरेमा क्षमायाचना दिने परिपाटी हटाएर कानूनी कारवाही नै गर्नुपर्ने धारणा राख्नु
भयो ।

नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले खोज पत्रकारिताभन्दा प्रतिशोध पत्रकारिता हाबी भएकाले जनतामा प्रतिकूल हुने गरी आफ्नो नैतिक बन्धनमा रहन आग्रह गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष विनोद सापकोटाले संस्था र व्यक्तिको ‘गोटी’ नबन्न आग्रह गर्दै पत्रकार महासङ्घमार्फत सञ्चारकर्मीलाई ‘चेन अफ कमाण्ड’मा राख्नुपर्ने धारणा राख्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.