Websoft University

गछियामा अब चन्दा आतंक रोकिने


सुनसरी शिव भट्टराई असोज २७ गते ।
मोरङको सुन्दरहरैचा साबिक सुन्दरदुलारी हुदाको नगरपालिकाको प्रहरी चौकी गछिया प्रहरी चौकीमा सहिको दरवन्दि छ, यस अघि  पनि थुप्रै सहि साबहरु आफनो समय अवधी भर रहनु भयो तर खासै यस भेल्टका सर्वसाधारण जनताले धेरैको न नाम सुने न कामकै वरण नै, यस पटक भन्ने यस भेल्ट्का  जनता नै अचम्मित पर्ने र पार्ने गरि जोस जागर र इमान्दारिता देखि एक युवा प्रवीण भट्टराई सहिको रुपमा आएका छन ।

उहाले २०७५/०६/१० गते देखि गछिया इन्चार्ज को रुपमा गछिया प्रहरी चौकी सम्हालेका उनले उनी आए देखिनै गछिया प्रहरि चौकिको क्षेत्रलाइ सान्ती समृद्धि बनाउन लगातार अहो रात्र खटी रहेका छन । आएको समय देखीनै यस  क्षेत्रका व्यवसायी उधोगी तथा स्थानिय अगुवाहरु छलफल गरि चन्दा आतंक पार्ने जो कोहि भए नाम दिएको २४ घण्टा भित्र चौकिमा हाजिर गराउने समेत वचन दिलाए र केही गुन्डागर्दी गर्नेहरु त सहि आएको क्षेत्रमा देखिनै छोडे ।

साथौ उनले दशै तिहार छैठ लागायतको चाड बाडमा अपृय घट्ना घट्न नदिन आफनो मोबाइल टोलिलाइ सक्रिय अलर्ट गराएका छन्  र व्यवस्थापनमा कुनै कमि हुन नदिन जनप्रतिनिधि, उ.वा.संघ एवं स्थानियको सहयोगमा सुन्दरहरैचा नगरपालिका मार्फत भ्यान समेत भाडामा लिएका छन । आज फेरि एका बिहानै बलिया चौकमा आएर एकलै सडक सरसफाइमा समेत सरिक भए ।

बिहानको समय थियो, एका एक प्रहरीको गाडी  सुन्दरहरैचा ४ को बलियामा रोक्यो सो गाडी  गछिया प्रहरी चौकीको
थियो । एक्कासी प्रहरी चौकिको गाडी बलियामा रोकिएर जब गछिया चौकिका सहि गाडी बाट ओर्लिनु भयो । मानिसलाई के भएछ बिहानै भन्ने कौतुहलता थियो । कौतुहलता हुनु पनि स्वभाविक थियो यस अघिका सहिहरु कोहि पनि यसरी गाडिमा आउनुहुन्न थ्यो ।

जब गाडी बाट  प्रहरी चौकीका सही प्रबीन कु.भट्टराईले पसले बाट झाड़ू माग्नु भयो र चौक वरपर महिनैदेखी जंगल जस्तो भएर रहेको झार उखाल्नुका साथै    पसले ले बेचेका गुटका , पान ,पराग,खैनीको  खोलले छरिएको फोहोरलाई सफा गर्न थाल्नु भयो ।

यो सायद बलिया बसिको लागि नया कुरा थ्यो ।  प्रहरीको यो कार्य देखेर उत्साहित भएका स्थानिय बासी भन्छन  " हामीले गर्नुपर्ने काम सरले गर्नुभएकोले हाम्रो आँखा उगारीदिनु भयो"
वास्तवमा प्रहरी भनेको सान्ति सुरक्षामा मात्र सिमित नभएर सामाजिक कार्य  गर्न पनि पछि पर्दैनन् भन्ने कुरा उहा बाट साबित हुन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.