बिराटनगर , कार्तिक १५ गते । रातो तारा डट कम ,मोरङको विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट मंगलबार प्रहरीले बरामद गरेको अवैध सामान भन्सार बुझाएको छ ।
इलाका प्रहरी कार्यालय रानी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीलेभारतबाट भन्सार छली गरी ने पाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ५८ हजार ७ सय २० रुयैयाँ बराबरको पुजाको सामग्री, सर्ट, कुर्था, टिसर्ट र किराना सामान बरामद गरेको थियो ।
बरामद सामान आजै भन्सार कार्यालय रानी मोरङमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले
जनाएको छ ।
Post a Comment