Websoft University

ठूलो रकम सहित ५ जना जुवाडे पक्राउ

{फायल फोटो}

बिराटनगर, कार्तिक २५ गते । रातो  तारा  डट  कम,मोरङको बिराटनगर महानगरपालिका-१ स्थित गंगा चौकबाट प्रहरीले आइतवार राती ठूलो रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले करिब रातको २ बजेको समयमा बिराटनगर-२ बस्ने चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठी सहित बिराटनगर-५ बस्ने बर्ष ५० को जिवन रिजाल, बिराटनगर-३ बस्ने बर्ष ५१ को मुकेश कुमार अग्रवाल, बिराटनगर-७ बस्ने बर्ष ५१ को बिमल अग्रवाल र बर्ष ३८ को हंशराज जैनलाई पक्राउ गरेको हो ।

उक्त खालबाट प्रहरीले नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यककारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरको नियन्त्रणमा राखिएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.