Websoft University

छठपर्वको अवसरमा प्रदेश सरकारले बिराटनगरमा कार्यक्रम गर्यो


विराटनगर,कार्तिक २८ गते । प्रदेश नं.१ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान अनुसार गठन भएको प्रदेश सरकारले समृद्ध प्रदेश सुखी जनता भन्ने नारा सार्थक बनाउन सबैको साथ खोजेको बताए ।

प्रदेश नं.१ को सरकारको तर्फबाट नेपालीहरुका राष्ट्रिय चाडपर्वहरुको सन्दर्भमा छठपर्वको अवसरमा स्थानीय आदर्श उच्च माविमा आज आयोजित विशेष सांस्कृतिक महोत्सवमा उनले सो कुरा वताएका हुन् । कार्यवाहक मुख्यमन्त्री कार्कीले नेपालमा छैठ पर्वको सांस्कृतिक महत्व बढेको समेत बताए ।
कार्यवाहक मुख्यमन्त्री कार्कीले चाडपर्वले हाम्रो सांस्कृतिक उजागर गर्नुका साथै राष्ट्रिय एकतालाई खदिलो र बलियो बनाउन मदत गरेको कुरामा जोड दिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विविधता बीचको एकता हाम्रो पहिचान भएको वताउंदै सरकारले सबै जातजातिका धर्म, संस्कृतिलाई संरक्षण गर्ने स्पष्ट पारे ।
प्रदेश नं.१ का प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले छैठ पर्व सूर्य र पानीमा सम्बन्धीत रहेर मनाइने गरेको भन्दै सत्यलाई स्थापित गर्ने र समृद्धीको पर्व भएको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि बोलेका थिए ।
महोत्सवका अवसरमा मोरङ, सुनसरी तथा झापाका विभिन्न स्थानीय तहबाट विभिन्न खाले झाँकी तथा नृत्य प्रस्तुत भएको छ । सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), सुमित खड्का, मैथिली भाषी कलाकार तथा थारु कलाकारहरुले प्रस्तुती दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.