Websoft University

लागूऔषध सहित २ पक्राउ

झापा, कार्तिक १७ गते । रातो तारा डट कम,लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेकोछ।

प्रतिबन्धित लागूऔषध फेनारागन-३० एम्पुल,लुपिजेसिक-३० एम्पुल र डाईजेपाम-३० एम्पुल सहित मोरङ उर्लावारी नगरपालिका-१ बस्ने बर्ष-२३ को सुनिल तामाङ र बेलबारी नगरपालिका-३ बस्ने बर्ष १९ को सुरज बि.क.लाई दिउँसो ३:४५ बजे पक्राउ गरिएको हो ।

झापाको मेचीनगर नगरपलिका-६ स्थित भन्सार गेट अगाडिबाट शंकालागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध फेला पारी बरामद गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.