Websoft University

इन्सेकको मानव धिकार बर्ष पुस्तक सार्वजनिक -दश महिनामा ११ जनाको हत्या



विराटनगर, कार्तिक ३० गते । रातो तसरा डट कम,मोरङमा विगत साढे दश महिनामा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रममा सो जानकारी दिइएको हो ।

सन् २०१८ जनवरी १ देखि हालसम्मको अबधीमा मोरङमा एक सय ३५ बटा घटना अभिलेख गरिएकोमा एक सय ७१ जना पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधी इन्दिरा भट्टराइले बताइन् । जसमा सबैभन्दा बढी बलत्कारका घटना ५५, बलत्कारका प्रयास २७, घरेलु हिसा ७ ा, वहुविवाह १० र हत्याका ११ रहेका छन् । त्यसैगरी कुटपिट ७ , मानवबेचविखन २ , हत्या प्रयास ४, बालविवाह १ घटना अभिलेख भएको छ । यसतै बम विस्फोटका ३ घटनामा एक जना घाइते हुन पुगेका छन । बलत्कारका ५५ घटनामा ४३ जना बालवालिका र १३ जना महिला ,त्यसैगरी बलत्कार प्रयासका २७ घटनामा ११ बालिका र १६ महिला रहेका छन ।

यस्तै अपहरणका २ घटनामा एक वालिका सहित सात जना पीडित भएका छन भने एक जना बालक अप्राकृतिक मैथुनबाट पीडित हुन पुगेका छन् । एक जना वालिका बालविवाहबाट पीडित हुन पुगेकी छिन । यस्तै यस अबधीमा भएका तीन वटा बम विस्फोटका घटना भएका छन् जसमा एक जना घाइते भएका छन् ।

समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाहरुले बलत्कारका घटना बढ्नुको कारण पत्ता लगाएर त्यसको न्युनिकरणमा लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बलत्कारका घटनाको सङख्या हेर्दा लज्जाबोध भएको भन्दै बलत्कार गर्नेलाई कडा कानुन आवश्यक भएको बताए । उनले बलत्कारका घटना जोगाउन लाग्नेलाई समेत कडा कानुन बनाएर कारवाही गर्नुपर्ने बताउँदै वालविवाह देश भित्र भन्दा भारतमा लगेर गर्ने क्रम बढेको भन्दै सचेतना बढाउनु पर्ने समेत बताए ।

राष्ट्रिय मानवअधिकार आयोग एक नम्बर प्रदेश कार्यालय विराटनगर प्रमुख मोहन जोशीले महिलामाथि हुने अपराध जन्य घटना बढ्नुको कारण पत्ता लगाएर कानुन बनाउन जरुरी रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयकी इन्सपेक्टर जमुना बस्नेतले अन्य अपराधको दाजोमा महिला विरुद्ध हुने दुरब्यबहार बढेको बताउँदै पहिलेको तुलनामा अहिले महिलाहरु आफु विरुद्ध हुने घटनाको उजुरी लिएर आउने गरेको बताइन् । यसैगरी नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले इन्सेकले विगत २७ बर्षदेखि मानवअधिकार उलङघन र ज्यादतिका घटनाना समेटेर बर्ष पुस्तक प्रकाशन गर्नु सह्रानिय भएको बताउँदै इन्सेकको बर्ष पुस्तक मानवअधिकार क्षेत्रको सम्पती रहेको बताए ।

इन्सेक प्रदेश कार्यालय विराटनगरका संयोजक सोमराज थापाले पीडितलाई न्याय दिने र पीडकलाई कारवाही गर्न र हाम्रो समाज कता जादैछ भनेर चित्रण गर्न बर्षपुस्तकले मद्धत गर्ने बताए । 

कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, सरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.