Websoft University

सोलु जलविद्युत आयोजनाबाट अबको ४ चार महिना पछि देखि विद्युत उत्पादन सुरु हुने


काठमाडौं, कार्तिक २७ गते । रातो तारा डट कम,सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले अबको ४ महिनामा विद्युत उत्पादन गर्ने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट आगामी फागुनदेखि विद्युत उत्पादन सुरु गर्न लागिएको हो । 

आयोजनाको ९० प्रतिशत निर्माण सकिएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उनका अनुसार आयोजनाकोे बाँध क्षेत्रमा इन्टेक, एप्रोच क्यानल (पहुँच नहर) र डिसेन्डर (बालुवा थिग्राउने पोखरी) तयार भएको छ । बाँध क्षेत्रको ९९ सय प्रतिशत निर्माण पूूरा भएको छ ।

बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने ३ हजार ९ सय मिटर लामो पाइप बिछ्याउने काम ९७ प्रतिशत सकिएको पनि उनले बताए । हाइ प्रेसर पेनस्टक पाइपको काम अन्तिम चरणमा छ । विद्युतगृहमा पनि ९८ प्रतिशत काम सकिएको छ । विद्युतगृहमा अहिले इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ । 
आयोजनाको सिभिलतर्फ ९०, हाइड्रोमेकानिकलतर्फ ९६ र इलेक्ट्रोमेकानिकलतर्फ ८२ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लम्माने सबस्टेसनसम्म आवश्यक २.८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम पनि धमाधम भइरहेको छ । प्रसारण लाइनको ७५ प्रतिशत निर्माण पूरा भएको छ । 

आयोजनाको बाँकी काम ३ महिनामा पूरा गरेर विद्युत उत्पादन गर्ने तालिका छ । इलेक्ट्रोमेकानिकल ठेकेदारको काममा सुस्तता देखिएकाले ढिलोमा चैतभित्र विद्युत उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । हाइड्रो तथा इलेक्ड्रोमेकानिकलतर्फको काम सकिएपछि आयोजनाको परीक्षण गरेर उत्पादन सुरु हुने उनले बताए । आयोजनाले उत्पादन गर्ने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लम्माने सबस्टेसनमा लगेर जोडिनेछ ।

 विद्युत जोडिने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन निर्माणले गति लिन नसक्दा वैकल्पिकरुपमा ३३ केभी बुईंपा–ओखलढुङ्गा प्रसारण लाइनमार्फत ओखलढुङ्गा सबस्टेसनमा जोड्ने तयारी गरिएको छ । प्रधिकरणले वैकल्पिक लाइनको काम गरिरहेको छ । 

सोलु कोरिडोर प्रसारण लाइन तयार नहुन्जेल वैकल्पिक लाइनबाट हिउँदमा ९० प्रतिशत र बर्खामा ३५ प्रतिशत विद्युत प्रणालीमा जोड्न सम्भव हुने कम्पनीको भनाइ छ । सोलु खोलामा सोलुसहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजना निर्माणाधीन छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.