Websoft University

नेपाली शिक्षकहरु चरणवद्ध आन्दोलनमा

(फायलफोटो)
मोहन कुमार राई-संखुवासभा, मंगसीर १ गते ।
रातो तारा डट कम,देशको ७७ वटै जिल्लाका शिक्षा विकास समन्वय इकाई कार्यालयहरुमा नेपाली शिक्षकहरुले आफ्नो पेशागत हक हित र देशको शैक्षिक विकासको पक्षमा विभिन्न मागहरु राखी चरणवद आन्दोलनको क्रममा शुक्रवार धर्ना एवं विरोध कार्यक्रम गरेका छन् ।
  (गाइघाटमा पनि शिक्षक धर्नामा बसेका छन)

संखुवासभाको खाँदवारीमा शिक्षा विकास समन्वय इकाई कार्यालय हाताभित्र सयौंको संख्यामा नेपाली शिक्षकहरु प्रति गरेको विभेदप्रति विरोध जनाउँदै अन्य राष्ट्र सेवक कर्मचारी सरह सुविधा नेपाली शिक्षकहरुले पनि पाउनुपर्ने भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सचिव सूर्य बहादर दाहालले शिक्षकहले अहिले पनि आफ्नो पेशागत हक हित एवं शिक्षा विकासको पक्षमा लडाई लड्नु परेको वताउनुभयो ।

सरकारले देशमा रहेका सबै किसिमका शिक्षहरुका पेशाको सुनिश्चितता गनु पर्ने भन्दै नेपाली शक्षिकहरुले आवाज उठाएका छन् । कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष शेर बहादुर पुरी, महासचिव नविन केत्रा, शिक्षक नेताहरु गोविन्दमान तामाङ, हेमराज खड्का, लगायत शिक्षक नेताहरुले समेत धनाई कार्यक्रमलाई सम्बेधन गर्नुभएको
थियो । शिक्षा इकाई प्रमुख केशव प्रसाद भट्टराईमार्फत नेपाल सरकार शिक्षा मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

ज्ञापन पत्रमा वाल शिक्षिका , विद्यालय सहयोगी , विद्यालय कर्मचारी अस्थायी , राहत, निजी तथा प्राविधिक विषयमा अध्यापनरत शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई दरवन्दीमा कायम गरी समयानुकुल तलवभत्ताको व्यवस्था, औषधोपचार, विमा, लगायतका सुविधाहरु उपलब्ध गरीनु पर्ने उल्लेख गरिएको छ ।

जिल्ला सदरमुकाम खाँदवारीमा शुक्रवार विहान १० वजेबाटै जिल्लाभरिका ५ सय बढीको संख्यामा नेपाली शिक्षक, विद्यालय कर्मचारीहरु धर्ना एवं विरोध कार्यक्रममा सहभागि भएका थिए ।

वाक्लो सुरक्षाकर्मीको उपस्थितिमा शिक्षक नेताहरु शान्तिपूर्ण रुपबाट यो तेस्रो चरणका जिल्ला स्तरीय विरोध ¥याली एवं धर्ना कार्यक्रम गरेको थियो भने यस अघी  गत कार्तिक १६ गते  देशको सबै स्थानीय तहमा धर्ना एवं विरोध कार्यक्रम भइसको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.